मनोरञ्जन

रबिन्द्र मिश्रको शब्दमा नेपथ्यले सार्वजनिक गर्यो 'हामी नेपाली' (भिडियोसहित)

रबिन्द्र मिश्रको शब्दमा नेपथ्यले सार्वजनिक गर्यो 'हामी नेपाली' (भिडियोसहित)

काठमाडौं: पूर्व पत्रकार तथा साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको शब्दमा चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘हामी नेपाली’ बोलको गीत सार्वजनिक गरेको छ । 

नेपथ्यको समूहको संगीतमा ब्याण्डका मुख्य गायक अमृत गुरुङले गाएको यो गीत स्वदेश तथा विदेशका विभिन्न मञ्चहरुमा प्रस्तुत पनि गरिसकेको छ ।

‘विगतबाट सिक्ने हो, बोकी हिँड्ने होइन
अल्झी बसे एकै ठाउँ, शिखर देखिँदैन
उहिलेको पीडा भुल्न सकौं
मनको मैलो धुन सकौं
अनि पो नेपाली

हामी नेपाली...’ बोलको गीतलाई शांक श्रेष्ठ र उनको टिमले तयार पारेको हो । म्यूजिक भिडियोमा प्रयोग भएको भिजुअल इफेक्ट इशान श्रेष्ठ र सञ्जय प्रजापतिको संयुक्त प्रयासमा तयार भएको हो । रकी प्रजापति र किरित राजभण्डारीले यसको छायांकन गरेका छन् ।

नेपथ्य

विशेष