देश

राजविराजकाे नापी कार्यालयमा बम विस्फोट

राजविराजकाे नापी कार्यालयमा बम विस्फोट

सप्तरीः सप्तरीको राजविराजस्थित नापी कार्यालयमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट भएको छ । 

विस्फोटबाट मानवीय क्षति नभएपनि केही सवारीसाधनमा भने क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले घटनाको जिम्मेवारी लिएको छ । 

मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्ती जारी गरी ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराएको दाबी गरेका छन् । रासस 

सप्तरी नापी कार्यालय

विशेष