साँढेप्रवृत्तिः अत्यावश्यक औषधिको समेत आयात ठप्प पारिदिन्छौंः औषधि व्यवसायी
वैशाख–२९ । नेपाल औषधि आयातकर्ताले संघले स्वास्थ्य मन्त्रालयको औषधि खरिदसम्बन्धी नयाँ नियमको विरोध गर्दै अत्यावश्यक औषधिसमेतको आयत ठप्प पार्ने चेतावनी दिएको छ । संघले आगामी जेठदेखि सामान्य रोगमा प्रयोग हुनेदेखि आइसियूमा आवश्यक पर्ने औषधिसमेत ठप्प पार्ने बताएका हो । उसले स्वास्थ्यमन्त्री गगन थापाले औषधि आयातसम्बन्धी गरेको पछिल्ला निर्णय र औषधि आयातकर्तालाई लगाएको आक्षेपविरुद्ध अत्यावश्यक औषधिमा रोक लगाउन जनाएकोछ ।
३० प्रकारका औषधि आयातमा रोक लगाउने सरकारी निर्णय आफूहरुलाई मान्य नहुने संघले जनाएको छ । बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव पवन आचार्यले ३० प्रकारका औषधि आयातमा रोक लगाउने गरेको निर्णय आपत्तिजनक भएको बताए ।
–नयाँ पत्रिकाबाट