खेल

२० लाख राशीको क्रिकेट प्रतियोगिता हुने

२० लाख राशीको क्रिकेट प्रतियोगिता हुने


वैशाख २९ । आगामी जेठ ९ गतेबाट देशकै सर्बाधिक धनराशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगिता जेठ २४ गतेसम्म चल्ने छ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली सहित ८ टिमको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता दुई समुहमा विभाजन लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले गर्नेछ ।

प्रतियोगिताको बिजेताले २० लाख र उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०–५० हजार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५०–५० हजार र उदियमान खेलाडीलाई २५ हजार रुपैया प्रदान गरिनेछ ।

cricket Nepal

विशेष