मनोरञ्जन

अन्ततः छुट्टिए मलाइका र अरबाज

अन्ततः छुट्टिए मलाइका र अरबाज


वैशाख २९ । फिल्मको रंगीन दुनियाँमा रमेकाहरुको लागि प्रेम, विवाह र डिभोर्स सामान्यजस्तै भइसकेको छ । हालै बलिउडका चर्चित जोडी मलाइका अरोरा र अरबाज खान कानूनी रुपमा अलग भएका छन् ।

बिहिबार दुबैजना अदालत पुगेर अन्तिम चरण पछि कानूनी रुपमा अलग्गिएका हुन् । अरबाज र मलाइकाका वकील क्रान्ती साठे र अमृता साठेले उनीहरुको डिभोर्स भएको खबर दिएका हुन् । यो भन्दा पहिला उनीहरु जस्टिन बीबरको लाइभ कन्सर्टमा एकसाथ देखिएका थिए ।


दुबैले आपसी मन्जुरी पछि डिभाोर्स एप्लिकेसन फाइल गरेका थिए । उनीहरुको छोरा आरहान मलाइकासँग बस्ने बताइएको छ भने अरबाजलाई छोरासँग भेट्ने अनुमति पनि दिइएको छ ।

अर्बाज र मलाइकाको विवाह भएको १८ वर्ष भइसकेको थियो । अहिले उनीहरुको छोरा अरहान १४ वर्षको भइसकेका छन् । यी दुईले पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गराएका उनिहरु मलाइका अरबाज भन्दा ६ वर्षले कान्छी छिन् ।

 

Arbaj Khan Malaika Arora

विशेष