सलमानको ‘ट्युबलाइट’ ले रिलिजअघि नै कमायो १३० करोड
काठमाडौंः सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ले फिल्म रिलिजअघि नै एक सय तीस करोडको कमाइ गरिसकेको छ ।
रिपोर्टकाअनुसार ‘टुयुबलाइट’ले अल इन्डिया वितरण राइट्स्लाई १३० करोडमा एन एच स्टुडियोलाई बेचेको हो । फिल्मका वितरकहरुले फिल्म यो वर्षकै ब्लक बस्टर हिट हुनेमा विश्वस्त रहेको भारतीय मिडियाले जनाएको छन् ।
फिल्म सन् १९६२ मा भएको सिनो — इन्डियन द्वन्द्वको कथामा आधारित रहेको छ । फिल्ममा सलमानका अलाबा सोहील खान र चाइनिज अभिनेत्री जुहुजुहुको पनि मुख्य भूमिका रहेको छ । फिल्म जुन २५ मा रिलिज हुने बताइएको छ ।
tubelight