मनोरञ्जन

आमीर खानसँग फेरि जाेडी बाँध्दै कट्रिना

आमीर खानसँग फेरि जाेडी बाँध्दै कट्रिना

काठमाडौंः चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को स्टार कास्टमा फातिमा सना सेख पछि कट्रिना कैफको पनि नाम जोडिएको छ । रिपोर्टअुनुसार केही समयअघि एसराज फिल्म्सको अफिसमा देखा परेकी कट्रिनालाई उक्त फिल्ममा अनुबन्ध गराइएको छ । 

कट्रिनाले आमिर खान, निर्माता आदित्य चोपडा र निर्देशक विजय कृष्ण आचार्यसँग पहिला पनि ‘धूम ३’ मा काम गरिसकेकी छिन् । यसअघि पनि आमीरले कुनै पनि हिरोइनसँग दोहोराएर काम नगर्ने समाचार बाहिरिएको थियो । तर, यतीबेला कट्रिनासँग भने उनी दोहोरिने भएका हुन् ।

यतिबेला कट्रिना सलमान खानसँग ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त रहेकी छिन् । टाइगर जिन्दा है एक था टाइगरको सिक्वलमा बन्न लागेको फिल्म हो ।

केट्रिना कैफ अामीर खान

विशेष