युरोपा लिगः फाइनलमा युनाइटेड र अजाक्स भिड्ने

युरोपा लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स भिड्ने भएका छन् ।
बिहीबार राति भएको युरोपा लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेल्टा डि भिगोविरुद्ध एक–एक गोलको बराबरी खेलेको युनाइटेड समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा युनाइटेड १–० ले विजयी भएको थियो ।
खेलको १७ औं मिनेटमा मारोउन फेलानीले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ८५ औं मिनेटमा रोन्साग्लीयाले सेल्टा भिगोको लागि गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसलगत्तै रोन्साग्लीया र युनाइटेडका एरिक बेली रातो कार्ड खाँदै बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सिमित थियो ।
युरोपा लिगको फाइनलमा पुगेको अजाक्सले लियोनलाई समग्रमा ५–४ ले हराएको हो । दोस्रो लेगमा लियोनसँग ३–१ ले पराजित भएपनि पहिलो लेगमा अजाक्स ४–१ गोल अन्तरले विजयी भएको थियो ।
युनाइटेड र अजाक्सबीचको खेल मे २४ मा हुने छ ।
युरोपा लिग फाइनल म्यानचेस्टर युनाइटेड अजाक्स