कर्पोरेट

यस वर्ष मलको अभाव हुँदैनः कृषि सामग्री कम्पनी

यस वर्ष मलको अभाव हुँदैनः कृषि सामग्री कम्पनी

कैलालीः कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताइएको छ ।

कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जानकारी दिए ।

यस वर्ष वर्षेबालीका लागि चार सय चार मेट्रिक टन युरिया बिक्री वितरण गरेको र दुई सय ९६ मेट्रिक टन युरिया मौज्दात रहेको उनले बताए । पाँच सय ३२ मेट्रिक टन डिएपी बिक्री वितरण गरिएकामा सात सय २२ मेट्रिक टन मौज्दात रहेको छ ।

करिब २३ मेट्रिक टन पोटास बिक्री वितरण गरिएकामा तीन सय ५१ मेट्रिक टन मौज्दात रहेको कार्यालयले जनाएको छ । ‘एक हजार तीन सय ६९ मेट्रिक टन मल मौज्दात छ’ कार्यालय प्रमुख जोशीले भने । कैलालीमा एक सय ९३ सहकारी मार्फत मल वितरण गरिँदै आएको छ ।

कृषि सामग्री कम्पनी

विशेष