आइपिएलः पुणेविरुद्धको खेलमा दिल्ली ७ रनले विजयी
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।
फिरोज शाह कोट्ला रंगशालामा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले पराजित गरेको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सफल भयो ।
पुणेको लागि मनोज तिवारीले ६० रन बनाएपनि जितको लागि पर्याप्त रहेन । त्यस्तै स्टिवन स्मिथले ३८ तथा बेन स्टोक्सले ३३ रन जोडे भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । दिल्लीको लागि करुण नायरले ६४ तथा ऋषभ पन्तले ३६ रन बनाए ।
तेस्रो स्थानमा रहेको पुणेले दिल्लीसँग पराजित भएपछि प्लेअफमा पुग्नको लागि किंग्स एलेभेन पञ्जावविरुद्धको खेल पर्खनु पर्ने भएको छ । १३ खेलबाट १६ अंक जोडेको पुणे प्लेअफमा पुग्ने सम्भावना बलियो छ । छैटौं स्थानमा रहेको दिल्लीको १३ खेलबाट १२ अंक रहेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) दिल्ली डेयरडेभिल्स राइजिङ पुणे सुपर जायन्ट