मनोरञ्जन इतिहासमा आज

सनी लियोनीसँग ८३ करोड सम्पत्ति, एउटै फिल्मबाट पाउँछिन् साढे ४ कराेड

सनी लियोनीसँग ८३ करोड सम्पत्ति, एउटै फिल्मबाट पाउँछिन् साढे ४ कराेड

काठमाडौंः पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनी आज ३६ वर्ष पुगेकी छिन् । उनको जन्म १३ मे, १९८१ मा क्यानडामा भएको थियो । उनको सन् २०१६ सम्म कुल सम्पत्ती ८३ करोड भारु रहेको छ । 

रिपोर्टअनुसार सनी एक फिल्मबाट ४.५ करोड रुपैयाँ लिने गर्छिन् । सनीसँग १.५ करोड पर्ने एक मसेराटी र एक बीएमडब्ल्यु कार पनि छ जुन उनलाई उनका पति डेनियल वेबरले सन् २०१४ मा उपहार दिएका थिए ।

अहिले उनले पोर्न इन्डस्ट्रि छोडिसकेकी छिन् तर अहिले पनि उनको सबभन्दा बढि कमाई एडल्ट वेबसाइट र हिन्दी फिल्मबाट हुने गर्छ । यसबाहेक उनले केही हलिउड फिल्महरुबाट पनि राम्रै कमाई गरिसकेकी छिन् । सनीले बलिउडमा मोडलिङ, असाइन्मेन्ट, एन्ड्रोसमेन्ट, रियालिटि शोज, स्टेज शोज र बलिउड फिल्महरुबाट पनि राम्रै कमाई गर्छिन् ।

सनीले आफ्नो सुरुवाी दिनमा संघर्ष गर्दा जर्मनको बेकरी र ट्याक्स फर्ममा पनि काम गरिसकेकी छिन् । सन् २००३ मा उनकी एक साथीले उनको भेट एक चर्चित म्यागजिन ‘पेन्टहाउस’ का फोटोग्राफरसँग गराएपछि सनीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यसै समयदेखि सनी करनजीत कौरबाट सनी लियोनी बनिन् । — एजेन्सी

सनी लियोनी

विशेष