देश

बर्दियाको खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी

बर्दियाको खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी

बर्दियाः बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ । मोटरसाइकलमा आएका अज्ञात समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ ।

अज्ञात समूहले कार्यालयको ताला तोडेर भित्र पसी कार्यालयका महत्वपूर्ण कागजात जलाएको वडा कार्यालयका सचिव धुब्रराज पौडेलले बताए । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको उहाँको भनाई छ । आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

आगजनी भए लगत्तै प्रहरी पुगेर रातभरि सुरक्षा प्रदान गर्नुका साथै आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । आगजनी भएको देखेपछि स्थानीय बासिन्दाले आगो निभाएका हुन् ।

आगजनी

विशेष