मुख्य समाचार

मतपरिणामप्रति उत्तेजित नहुन आयोगको आग्रह

मतपरिणामप्रति उत्तेजित नहुन आयोगको आग्रह

निर्वाचन आयोगले आइतवार भएको निर्वाचनमा कम्तीमा ७१ प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन सम्पन्न भएपछि साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले प्रारम्भिक रुपमा ७१ प्रतिशत मतदान भएको जानकारी गराउनुभएको हो ।

आयोगले आइतवारको निर्वाचनको मतदान शान्तिपूर्ण भएको भएको उल्लेख गरेको छ । दोलखाको पवटीमा हिंसात्मक घटना भए पनि अन्य सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

३, ४ र ६ नम्बर प्रदेश अन्तर्गत ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा आइतबार मतदान भएको हो । ३४ जिल्लाका २ सय ८३ स्थानीय तह मध्ये मनाङको नार्फु र डोल्पाको सेफोक्सुण्डो गाउँपालिकामा सबै उम्मेदवार निर्विरोध भएपछि आइतबार २ सय ८१ स्थानीय तहमा चुनाव भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनावमा देखिएको उत्साहले आउँदो महिना हुने चुनावमा पनि उत्साह थपिएको आयोगले जनाएको छ ।

आइतबारको चुनावको मतपरिणाम जे आए पनि त्यसप्रति उत्तेजित नहुनु आयोगले आग्रह गरेको छ । पहिलो चरण अन्तर्गत आइतवार ३ प्रदेशका ३४ जिल्लामा निर्वाचन भएको थियो ।

निर्वाचन आयोग

विशेष