नुवाकोटमा मतदान केन्द्र नजिक बम विष्फोट

नुवाकोटको वेलकोटगढी नगरपालिकाको एक मतदान केन्द नजिकै बम विष्फोट भएको छ । सदरमुकामविदुरदेखि २३ किलोमिटर पूर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नम्बर ४ ढाडाखर्कस्थित पन्चासे मावि मतदान केन्द्र नजिकै बम विष्फोट भएको हो ।
बम विष्फोटमा संलग्न रहेको आशंकामा स्थानीय २२ वर्षीय तीर्थराम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । तामाङ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशंकामा अनुसन्धान भइरहेको छ ।
बम विष्फोट