देश

हुम्लामा झडप, स्थिति नियन्त्रण लिन दुई राउण्ड हवाइ फाएर

हुम्लामा झडप, स्थिति नियन्त्रण लिन दुई राउण्ड हवाइ फाएर


हुम्लामा नेपाली कांग्रेसका आधिकारिक र बागी उम्मेदवार पक्षधरबीच झडप भएको छ । कांग्रेस हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का दुई समूहबीच झडप भएको हो । दुई समूहको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

उक्त वडामा कांग्रेसले भीमबहादुर शाहीलाई उम्मेदवार तोकेको थियो तर भीमबहादुरको उम्मेदवारीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रकाशबहादुर शाहीले बागी उम्मेदवारी दर्ता गरेका थिए ।

विशेष