लाङटाङमा ७७ प्रतिशत मतदान

रसुवामा दिउँसो २:३० बजेसम्म ७७ प्रतिशत मतदान भएको छ ।
दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए ।
मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्ड मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे ल्याइने उनले बताए ।
यहाँ कुल ३४ मतदानस्थलमा ४२ मतदान केन्द्र छन् । जिल्लाका पाँच गाउँपालिकामा २७ हजार आठ सय ५४ मतदाता छन् । जिल्लामाशान्तिसुरक्षाको अवस्था मजबुत रहेको र उत्साहपूर्वक मतदान भइरहेको उप्रेतीले बताए ।
रसुवा