मुख्य समाचार

काठमाडौंमा मत बदरको संख्या उल्लेखनीय

काठमाडौंमा मत बदरको संख्या उल्लेखनीय

काठमाडौं महानगरपालिकामा मत गणना प्रक्रिया जारी छ । तर बदर मतको संख्या भने उल्लेखनीय छ ।

अहिलेसम्म १३० मत गन्दा मेयरमा मात्र १३ मत तथा उपमेयरमा २४ मत बदर भएको मतगणनामा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् ।

मतपत्रको आकार ठूलो र एकैचोटि सातवटा मत दिनुपर्ने हुँदा अप्ठ्यारो भएको मतदाताहरूले गुनासो गरेका छन् । उपमेयरमा राजनीतिक दलहरूको आपसी गठवन्धनले पनि मतदाता झुक्किएका छन्। काठमाडौंमा एमाले र राप्रपाले आपसी तालमेल गरेका छन् ।

जसअनुसार मेयरमा एमाले र उपमेयरमा राप्रपा उम्मेदवारलाई एकअर्काले समर्थन गरेका छन् । उपमेयरमा एमालेलाई जाने मत बदर हुन्छ ।

काठमाडौं मत बदर

विशेष