मुख्य समाचार

काठमाडौंका नगरपालिकामा यस्तो छ मतपरिणाम

काठमाडौंका नगरपालिकामा यस्तो छ मतपरिणाम

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् ।

दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका पुण्यप्रसाद चौलागाइँले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिइन् ।

नेकपा माओवादी केन्द्रका टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको वडा नम्बर–१ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नम्बर वडामा वडाध्यक्ष र महिला एवं दलितसहित तीन वडासदस्यमा कांग्रेस र खुला एक वडासदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् ।

कागेश्वरी–मनोहरामा पनि कांग्रेसकै अग्रता
कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली कांग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा एमालेका कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फँुयालले ३११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा कांग्रेसकी अनिता अधिकारीले ७०७, एमालेकी बिन्दु सिम्खडाले ५७५, माओवादीकी रुकु रणपालले २८० र राप्रपाकी कुस्मा नगरकोटीले ७० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । वडा नम्बर–१ को मतगणना भइरहेकामा वडाध्यक्षमा कांग्रेसले ५८९, एमालेले ५४२, माओवादीले ३९४ र राप्रपाले ९४ मत पाएका छन् ।

शंखरापुरमा एमालेको अग्रता
शंखरापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुवर्ण श्रेष्ठले ८५८, नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदीले ५७०, नेपाली कांग्रेसका शंकर तिवारीले ४०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ९१५, माओवादीकी इन्द्रकुमारी तामाङ ६४४, नेपाली कांग्रेसकी मञ्जु खड्काले ३५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गरेका छन् ।

शंखरापुरको १ नम्बर वडामा एमाले विजयी
शंखरापुर नगरपालिका वडा नम्बर–१ मा एमालेका वडाध्यक्षसहित सबै वडासदस्यको समूह विजयी भएको छ । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुंगानाले ९२५ मत ल्याइ विजयी हभएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्दी माओवादीका मोहनाथ दंगालले ७४२ र कांग्रेसका रमेश तिवारीले ३५० मत पाएका थिए । निर्वाचित सदस्यमा वीरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चीनकुमारी दमाइ छन् ।

बूढानीलकन्ठ नगरपालिकामा एमालेको अग्रता
बूढानीलकन्ठ नगरपालिकामा नेकपा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली कांग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा माओवादी केन्द्रका रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, कांग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नम्बर–१२ र १३ को मतगणना भइरहेको उनले बताए ।

तारर्केश्वर नगरपालिकामा कांग्रेस अघि

तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । ५ बजेसम्म भएको मतगणनामा नेपाली कांग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ ।

तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् । कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

विशेष