खेल

ला लिगामा वार्साले पालमसलाई हरायो, नेइमारको ह्याट्रिक

ला लिगामा वार्साले पालमसलाई हरायो, नेइमारको ह्याट्रिक


जेठ १ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अवे मैदानमा भएको खेलमा लास पालमसलाई ४–१ ले हरायो ।

बार्सिलोनको जितमा नेइमारले तीन तथा लुइस स्वारेजले एक गोल गरे । लास पालमसका लागि बिग्यासले एक गोल फर्काए । नेइमारले २५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल र्गयो । ६३ औं मिनेटमा लास पालमसका लागि बिग्यासले गोल फर्काए । तर नेइमारले ६७ र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । यस्तै दुई खेल बाँकी रहेको रियलको पनि समान ८७ अंक नै छ ।

गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा छ । राति भएका अन्य खेलमा एलाभेसले सेल्टा डी भिगोलाई ३–१ तथा स्पोर्टिङ गिजोनले एइबरलाई १–० ले हरायो ।

विशेष