मनोरञ्जन

सलमानकी जोडी हुँदा पनि नचलेकी नायिका जरिन खान

सलमानकी जोडी हुँदा पनि नचलेकी नायिका जरिन खान


बलिउडकी सुन्दर नायिका जरिन खान आजबाट ३० बर्षमा लागेकी छिन् । मुम्बइमा जन्मेकी जरिन मोडलिङ हुँदै बलिउडमा प्रवेश गरेकी थिइन् । सन् २००९ मा बनेको हिन्दी चलचित्र ‘बीर’बाट उनले करिअर सुरु गरेकी थिईन् । उक्त चलचित्रमा उनी सलमान खानकी नायिका बनेकी थिइन् ।

सन् २०११ मा प्रदर्शित चलचित्र ‘रेड्डी’मा उनले गरेको आइटम डान्सले चर्चा पाएको थियो । पछिल्लो वर्ष प्रदर्शन भएको ‘हाउसफुल–२’ ले पनि राम्रै चर्चा पाएको थियो । जरिनले हिन्दीको अतिरिक्त केही तमिल र पञ्जाबी चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

सन् २०१५ मा प्रदर्शन भएको ‘हेट स्टोरी(३’ बाट उनी थप चर्चामा आइन् भने आलोचना पनि उत्तिकै भयो । उक्त चलचित्रमा बोल्ड रुपमा प्रस्तुत भएकी जरिनले तन्नेरी पुस्ताको ध्यान तानेकी थिईन् ।

जरिन खान

विशेष