मुख्य समाचार

हुम्लाको पाजाकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

हुम्लाको पाजाकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

हुम्लाको पाजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णप्रसाद ढकालले ९५१ मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसका सुरेन्द्र थापाले ९०३ ल्याएका छन् ।

वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली काँग्रेस समीकरण भएर विजयी भएका छन् ।

हुम्ला

विशेष