करण जोहरले आफ्नो आत्मकथामा परिवारबारे झुटा बयान दिएपछि नातेदारले मुद्दा हाल्ने
एजेन्सी । बलिउड निर्माता तथा निर्देशक करण जोहरले केही समयअघिमात्र ‘एन अनस्वीटेबल बोय’ नामक आत्मकथा सार्वजनिक गरेका थिए । रिपोर्टअनुासर करणले उक्त आत्मकथामा आफ्नो परिवारकोबारेमा झुटा कुराहरु लेखेका छन् ।
उक्त किताबमा करणले आफ्ना बाबु होटलमा काम गर्ने कामदार भएको बताएका थिए । उनले यो पनि बताएका छन् की, उनको परिवारमा उनका बाबुले मात्र राम्रो पढेलेखेका थिए र उनको अंग्रेजी पनि राम्रो थियो । त्यसकारण उनी सेल्स काउन्टरमा बस्थे । तर उनका परिवारका अन्य अन्य सदस्यले भने यस कुरालाई झुटोको संज्ञा दिँदै आएका छन् ।
रिपोर्टअनुसार करणका काकाले आफैँ मिठाइ पसल खोलेका थिए र उनका अन्य दुई काकाहरुमध्ये एक भारीतय सेनामा जागिरे थिए भने अर्का काका सरकारी कलेजबाट ग्राजुवेट थिए र उनले न्यु योर्कबाट पत्रकारितामा डिग्री लिएका थिए ।
यो सबै मामलामा करणका कजिनका श्रीमान राजीव नायरले परिवारको नाम खराब गरेको सजायमा केस दर्ता गर्ने सोच बनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । करणले भने यो मामलामा केही बोलेका छैनन् ।