ललितपुरकाे वडा मतगणना सकियाे

ललितपुर महानगरपालिकाका ५ वटा वडाको मतगणना सकिएको छ ।
५ वडामा एमालेले ४ तथा कांग्रेसले एउटा वडामा विजयी हासिल गरेको छ । एमालेतर्फ २ नम्बर वडामा राजेन्द्र महर्जन, ३ नम्बर वडामा श्रीगोपाल महर्जन, ४ नम्बरमा नारायण केसी र ५ नम्बरमा विकास महर्जनको प्यानल नै विजयी भएको छ ।
यस्तै कांग्रेसका ओम तण्डुकारले वडा नम्बर १ मा जित हात पारेका हुन् ।
सोमबार १ र २ वडाको परिणाम आएको थियो भने मंगलबार अपराह्नसम्म ३, ४ र ५ को गणना सकिएको हो ।
ललितपुर महानगरपालिका मतगणना