मुख्य समाचार

मध्यपुरथिमि–१ मा कांग्रेसको प्यानल विजयी

मध्यपुरथिमि–१ मा कांग्रेसको प्यानल विजयी

भक्तपुरः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ । 

खड्का एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टकुमार कवेँले एक हजार १२४ मत प्राप्त गरे । 

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका छन् । 

यता, मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ ।

भक्तपुर प्यानल विजयी

विशेष