मुख्य समाचार

काभ्रेको मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले विजयी

काभ्रेको मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले विजयी

काभ्रे - मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गरेका छन् । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।

यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रमेशराज गिरीले ३०८ मत प्राप्त गरे । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यसैगरी पनौती नगरपालिका–१ र २ मा नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गरे ।

वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गरे ।

काभ्रे

विशेष