देश

झापामा पिकअप भ्यानको ठक्करबाट एक ब्यक्तिको मृत्यु

झापामा पिकअप भ्यानको ठक्करबाट एक ब्यक्तिको मृत्यु

झापाको बुद्धशान्ति गाउपालिका-६ ठुटेबरस्थित सडकखण्डमा पिकअप भ्यानको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७१ बर्षिय पदम बहादुर सार्की रहेका छन् ।

पिकअप भ्यानको ठक्करबाट गम्भिर घाईते भएका उनकोे उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । आज बिहान साढे ११ बजे मे १ ज १२४९ नम्बरको भ्यानले ठक्कर दिँदा उक्त सवारी दुर्घटना भएको बताइएको छ । दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई ईलाका प्रहरी कार्यालय बुधबारे झापाले नियन्त्रणमा लिएको छ ।

सडक दुर्घटना

विशेष