समाज

पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

सप्तरीकाे राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका बस्ने रामआशीष यादवकी ४ वर्षीया छोरी दैयाकुमारी यादव रहेकी छन् ।

उनी घरनजिकै रहेको पोखरीमा खेल्ने क्रममा अचानक डुबेकी थिइन् । उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरी बालिका मृत्यु

विशेष