समाज

सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रधानलाई

सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रधानलाई

इटहरीः यस वर्षको ‘सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार’बाट याम प्रधान सम्मानित हुनु भएको छ । कायस्थ गोपालप्रसाद सरला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कार मंगलबार आयोजित कार्यक्रममा सांसद कृष्णकुमार राईले पत्रकार प्रधानलाई प्रदान गरेका हुन्।

पुरस्कारको राशि रु २१ हजारसहित सम्मानपत्र र दोसल्ला रहेको छ । सो पुरस्कारबाट अघिल्लो वर्ष अग्रज पत्रकार हर्ष सुब्बा सम्मानित भएका थिए ।

सो अवसरमा प्रतिष्ठानले राम परियार, गङ्गा मगर, लालबहादुर लावती र लक्ष्मी गुरुङलाई जनही रु १५ हजारको छात्रवृत्ति प्रदान गरेको थियो । साथै सोही अवसरमा दृष्टिविहीन बालबालिका विनिता सत्तार, सविपना सदा, अनिता घिघिरे, सुनिता लम्जेल, सुमित्रा साह, पोष्टबहादुर थापा र पदम रुचाललाई बे्रल लिपी लेख्ने आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो । 

पुरस्कार

विशेष