मनोरञ्जन

विनोद खन्नासँग ‘किस सिन’ दिएर पछुताइन् माधुरी

विनोद खन्नासँग ‘किस सिन’ दिएर पछुताइन् माधुरी

जेठ २ । बलिउड अभिनेत्री माधुरी दिक्षित ५० वर्षकी भएकी छिन् । १५ मे १९६७ मा जन्मिएकी माधुरी दिक्षित त्यतिबेला खुब चर्चामा आएकी थिइन् जब उनले फिल्म ‘दयावान’ मा आफू भन्दा २१ वर्ष ठूला अभिनेता विनोद खन्नासँग चुम्बन दृश्य दिएकी थिइन् ।

माधुरीको यस्तो सिनले उनलाई दर्शकमात्र नभएर फिल्म क्रिटिक्सले पनि त्यसलाई अश्लिलको दर्जा दिएका थिए । उक्त फिल्मको रिलिज पछि माधुरीले धेरै पटक आफूलाई उक्त दृश्य दिएकोमा पछुतो भएको बताएकी थिइन् ।

त्यसबेला माधुरीले भनेकी थिइन् की, ‘मलाई उक्त दृश्य दिएकोमा पछुतो छ । तर, फिल्ममा आफू नयाँ भएको बेलामा कुनै सिनको लागि निर्देशकलाई नाइ पनि भन्न सकिन्छ भन्नेबारे थाहा हुँदैन ।’

सन् २०११ मा छापिएको एक रिपोर्टमा उनले आफूले त्यो दृश्य नगरेको भए हुने भन्ने धारणा पोखेकी छिन् । फिल्ममा उक्त दृश्यको कुनै पनि जरुरत नभएको र फिल्म हेरेपछि आफूलाई निकै पछुतो भएका कारण त्यसबेलादेखि माधुरीले अब कुनै पनि फिल्ममा त्यस्ता दृश्य नदिने अठोट गरेकी थिइन् ।

madhuri dixit

विशेष