मनोरञ्जन

डिभोर्स पछि मलाइकाले पनि पाइन् १५ करोड, कस्ले कति पाए

डिभोर्स पछि मलाइकाले पनि पाइन् १५ करोड, कस्ले कति पाए


जेठ २ । हालै बलिउड अभिनेत्री मलाइका अरोरा र अर्बाज खानको सम्बन्ध विच्छेद भएको छ । मलाइकाले डिभोर्सको बदलामा अर्बाज खानसँग एलुमनी अमाउन्टको लागि १० करोड रुपैँयाको माग गरेकी छिन् ।

मलाइका १० करोड रुपैँया भन्दा कम पैसामा सम्झौता गर्न तयार थिइनन् । अर्बाज आफू मलाइकालाई एलुमनी अमाउन्टको नाममा १५ करोड रुपैँया दिन तयार भएको बताएका छन् ।

बलिउडमा अहिलेसम्म डिभोर्सको समयमा बढि पैसा दिने अभिनेता ऋतिक रोसन थिए । ऋतिकले डिभोर्स पछि सुजैनलाई ३ सय ८० करोड रपैँया दिएका थिए ।
यस्तै गरि अर्की अभिनेत्री करिश्मा कपूरलाई पनि डिभोर्स दिँदा सञ्जय कपूरले १४ करोड रुपैँया दिएका थिए ।

अभिनेता सैफ अली खानले पहिलो पत्नी अमृता सिंहलाई एलुमनी रकम पाँच करोड भारु दिएका थिए ।

मलाइका अरोरा

विशेष