नगरपालिका भवन निर्माणका लागि पाँच करोडको जग्गा दान
गौशाला: महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।
स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी, गोपी पोखरेल, रामजी महतो, अर्जुनसिंह ठकुरी, शेखरकपिल हमाल र लालबहादुर हमाललगायतले दुई कठ्ठा १० धुर जग्गा दिएका छन् ।
बर्दिवास नगरपालिका कार्यालय निर्माणका लागि स्थानीयवासीले आफ्ना करोडौँ मूल्य पर्ने जग्गा दान दिएपछि नगरपालिकाले उनीहरुलाई फूलमाला र अबिर लगाएर सम्मान गरेको नगरपालिकाका सूचना अधिकारी नारायणसिंह ठकुरीले बताए ।
जग्गा दान