इतिहासमा आज

२४ औं मदन–आश्रित दिवस मनाइदैं

२४ औं मदन–आश्रित दिवस मनाइदैं

जेठ ३ । नेकपा एमालेले २४ औं मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ ।

एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो ।

जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।

madan bhandari

विशेष