मनोरञ्जन

१२ घण्टामा ३५ लाख हेरिएको ट्युबलाइटको नयाँ गीत यस्तो छ

१२ घण्टामा ३५ लाख हेरिएको ट्युबलाइटको नयाँ गीत यस्तो छ

सलमान खानको आउँदै गरेको फिल्म ‘ट्युबलाइट’ को पहिलो गीत ‘द रेडियो’ सार्वजनिक भएको छ । गीत रिलिज भएको १२ घण्टामै हेर्नेको संख्या ३५ लाख भन्दा बढि भएको छ ।

उक्त गीतमा सलमानसँग दिवंगत अभिनेता ओमपुरी पनि देखिएका छन् । जसको यही फिल्मको सुटिङको समयमा मृत्यु भएको थियो ।

कबीर खान निर्देशीत उक्त फिल्म इदमा रिलिज हुने बताइएको छ । सलमान लगायत यस फिल्ममा अर्का अभिनेता सोहिल खान र चाइनिज अभिनेत्री जुजुको पनि भूमिका रहेको छ ।

एजेन्सी

ट्युबलाइट’

विशेष