मनोरञ्जन

अनुपमले घटाए १६ किलो तौल, देखिए यस्ता (फोटोसहित)

अनुपमले घटाए १६ किलो तौल, देखिए यस्ता (फोटोसहित)


एजेन्सी । ६२ वर्षका बलिउड अभिनेता अनुपम खेर अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ मा देखिदैँ छन् । फिल्मको लागि उनले आफ्नो तौल घटाएका छन् ।

बढ्दो उमेर भएपनि अनुपम आफ्नो फिटनेसमा एकदम ख्याल राख्ने गर्छन् । हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूमा आएको परिवर्तनको फोटो सेयर गरेका छन् । जुन फोटोमा उनी फिट देखिएका छन् । करिब १६ किलो वजन घटाएर उनी अहिले फिट बनेका छन् ।

उनी आफ्नो वजन घटाउनको लागि अहिले अनुशाशित रुपमा लागि परिरहेका छन् । उनी सधैँ आफ्ना ट्रेनर एन्थोनी जाधवको सहयोगमा वर्कआउट गर्दै आएका छन् । एक्सर्साइजका अलाबा उनले आफ्नो डाइटमा पनि विशेष ध्यान दिँदै आएका छन् ।

वजन सन्तुलित बनाउनको लागि उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘म तयारी खानेकुरा खाँदिन र सिजनल फलफूल खानमा बढि विश्वास राख्छु । यो खानाले सुगरको मात्रा पनि सहि हुन्छ र शरीरलाई स्फुर्ति दिन्छ ।’

अनुपम खेर

विशेष