मनोरञ्जन

‘ओरालो लागेको हरिण’को चालजस्तै रेखाको स्टार्डमलाई के ‘डायरी’ले बचाउला ?

‘ओरालो लागेको हरिण’को चालजस्तै रेखाको स्टार्डमलाई के ‘डायरी’ले बचाउला ?

काठमाडौँः अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘डायरी’ यही शुक्रबार अल नेपाल रिलिज हुँदै छ । एकपछि अर्को गर्दै रेखाका फिल्महरु असफल हुँदै गएको बेलामा रेखाको क्रेज घटेको महशुश भएको छ । यतिबेला भने अब रेखाको स्टार्डमलाई फिल्म ‘डायरी’सँग जोडेर हेरिएको छ ।

नेपाली फिल्मी जगतमा रेकाले झण्डै एक दशकसम्म एकक्षत्र राज गरिन् । उनलाई फिल्ममा सधैं एउटै अवतारमा देखियो भन्ने दर्शकका गुनासोलाई रेखाले कहिल्यै पछि फर्केर हेर्नु जरुरी ठानिनन् । फलस्वरुप पछिल्ला फिल्महरुले पनि सफलता हासिल गर्न सकेनन् ।

सायद यही गुनासालाई केलाएर पनि होला अघिल्लो फिल्म ‘पलाँस’ मा रेखा बिलकुल फरक भूमिकामा प्रस्तुत भइन् । तर, दर्शकहरु रेखाको फरक प्रस्तुति हेर्न हलसम्म पनि पुगेनन् । फेरि यही मनोविज्ञानलाई चिर्दै रेखा फिल्म ‘डायरी’ मा पहिले पटक भिलेनको भूमिकामा देखिँदै छिन् । अब भने रेखाको क्रेज र स्टार्डमलाई यसै फिल्मबाट नियालीनेछ ।

फिल्म सिंगल र मल्टिप्लेक्स दुबैमा चल्ने बताइएको छ । सिंगल थियटरका दर्शकको लागि रेखको नाममात्र काफी भएपनि मल्टिप्लेक्समा भने चुनौती देखिनेछ । यही जेठ ५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘डायरी’ मा रेखालगयात छुल्ठिम गुरुङ र सन्नी सिंहको पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई अनिल गुरुङले निर्देशन गरेका हुन् ।

विशेष