मुख्य समाचार

चौतर्फी आलोचना भएपछि मतगणनास्थल बढाइयो

चौतर्फी आलोचना भएपछि मतगणनास्थल बढाइयो

मतगणनामा निकै ढिलाइ भएकोमा चौतर्फी आलोचना भएपछि काठमाडौं महानगरपालिकाको मतगणनास्थल बढाइएको छ । छिटो मतगणना सकाउन अब काठमाडौँ महानगरमा एकै चोटी ११ ठाउँमा ११ वडाको मत गन्ने तयारी भइरहेको छ । 

पहिलो दिन वडा नंबर १ को एक ठाउँमा मात्रै मतगणना गरिएकोमा दोस्रो दिन मंगलबार २ र ३२ वडाका पनि मत गन्न थालिएको थियो । बुधबार ३० र ३१ वडाका २ ठाउँमा मत गन्न थालिएको छ ।

सोमबार मध्याह्नदेखि गणना सुरु भएको भए पनि आज तेस्रो दिन बल्ल एउटा वडाको परिणाम आएको छ। सुस्त गतिमा भइरहेको काठमाडौँ महानगरपालिकाको मतगणनालाई तीब्रता दिन राष्ट्रिय सभागृहमा ११ ठाउँमा मत गन्ने तयारी भइरहेको हो ।

 

 

विशेष