मुख्य समाचार

बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६७९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६३४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने राप्रपाकी सञ्जु बरुवाल विजयी भएकी छिन् । उनले ३ हजार ९९५ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले ३ हजार ९६१ मत प्राप्त गरिन् ।

बेनीका १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

 

म्याग्दी

विशेष