मनोरञ्जन

‘स्टार्डमको पछि लागेर कहिल्यै कलाकार भइदैन’ — अजय देवगन

‘स्टार्डमको पछि लागेर कहिल्यै कलाकार भइदैन’ — अजय देवगन

बलिउड अभिनेता अजय देवगनले कलाकार बन्न सपना बोकेकाहरुरले आफ्नो स्टार्डम भन्दा पनि कलालाई बढि प्राथामिकता दिनुपर्ने बताएका छन् ।

विभिन्न ठाउँहरुमा जाने क्रममा आफूले पनि कलाकार बन्न मन लागेका थुप्रै नव अनुहारलाई भेट्ने गरेको अजय बताउँछन् । त्यसै क्रममा अजयले ती कलाकार बन्न इच्छुहहरुलाई सोध्छन्, ‘स्टार बन्न मन छ की कलाकार ?’

कतिले स्टार भनेर जवाफ दिने गरेको तर आफूलाई भने त्यस्ता व्यक्तिले केही गर्न नसक्ने लाग्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘यदि कसैलाई अभिनय गर्न मन छ भने अभिनयको कला सिक्नुपर्छ तबमात्र स्टार भइन्छ ।’

कलाकारिता र अभिनयको संसारलाई थप स्पष्ट पार्दै उनले भने, ‘यो पेशामा आउनको लागि पैसाको जरुरत हुँदैन । यहाँ आउनलाई सिर्फ मेहनत र ट्यालेन्ट चाहिन्छ । यहाँ एक्टिङ सिक्न आउने धेरै छन् तर उनीहरुलाई सिकाउने एकदम कम ।’ - एजेन्सी

Ajay Devgan

विशेष