मुख्य समाचार

काठमाडौंको शंकरापुर नगरपालिकामा एमाले विजयी

काठमाडौंको शंकरापुर नगरपालिकामा एमाले विजयी

काठमाडौंको शंकरापुर नगरपालिकाको मेयर र उपमेयर पदमा एमाले विजयी भएको छ ।

एमालेका सुवर्ण श्रेष्ठले ४ हजार ८३३ मत प्राप्त गरी मेयरमा निर्वाचित भएको हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शंकर तिवारीले २ हजार ९५० मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेकै शुक्रलक्ष्मी शाक्यले ४ हजार ५०१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी मन्जु खड्काले २,९११ मत प्राप्त गरेकी छन् ।

९ वडा रहेको शंकरापुरमा एमाले ५ वटा वडामा राप्रपा २ वटा तथा कांग्रेस र माओवादी केन्द्र १–१ वटा वडाका अध्यक्षमा निर्वाजित भएका छन् ।

काठमाडौं

विशेष