खेल

मुम्बई इन्डियन्सलाई पराजित गर्दै पुने सुपरजाइन्ट फाइनलमा

मुम्बई इन्डियन्सलाई पराजित गर्दै पुने सुपरजाइन्ट फाइनलमा

जेठ ३ । मुम्बई इन्डियन्सलाई हराउँदै राइजिङ पुने सुपरजाइन्ट इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको फाइनलमा पुगेको छ ।

गएराति भएको पहिलो क्वालिफायरमा मुम्बईलाई २० रनले हराउँदै पुनेले फाइनलमा स्थान बनाएको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनाउन सक्यो । मुम्बईका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन् ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको पुनेले ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । पुनेका लागि मनोज तिवारीले ५८ रन तथा अजिन्क्या रहानेले ५६ रनको योगदान गरे । यसैगरी भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले २६ बलमा ४० रन जोडे ।

जितसँगै पुने फाइनलमा पुग्दा मुम्बई इन्डियन्सले भने दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । आईपीएल क्रिकेटको दोस्रो प्ले अफ खेलमा बुधबार सनराईजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्नेछन् । उक्त खेलको विजेताले मुम्बई इन्डियन्ससँग फाईनल प्रवेशको लागि क्वालिफायर खेल्नेछ ।

विशेष