मनोरञ्जन

भारतीय फिल्म दंगलले चीनमा तहल्का मच्चाउँदै

भारतीय फिल्म दंगलले चीनमा तहल्का मच्चाउँदै

जेठ २ । भारतीय चलचित्र ‘दंगल’ ले चीनमा प्रदर्शनको एघार दिनमा ६ करोड ५० लाख अमेरिकी डलर कमाएर अहिलेसम्मकै सफल फिल्म भएको बताइएको छ ।

‘दंगल’ चीनमा प्रदर्शन भएको भारतीय चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने किर्तिमानि राखेको छ ।  उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो ।

चीनको सेतेमास्थित समालोचना गर्ने चिनियाँ वेबसाइट ‘डौबान’ले दंगललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ ।

भारतीय अभिनेता अमिर खानले खेलेको फिल्म ‘थ्री इडिएट्स’ ले यसअघि नै चीनमा पाएको सफलताका कारणपनि ‘दंगल’ चलचित्रले चीनमा सफलता हासिल गरेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति भैसकेको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्य गर्ने सहमति जनाएका छन् ।

Dangal

विशेष