मनोरञ्जन

सलमानकी आमा रीमा रहिनन्

सलमानकी आमा रीमा रहिनन्


बलिउडकी अभिनेत्री रीमा लागाेको आज विहान हृदयघातका कारण निधन भएको छ । ५९ वर्षको उमेरमा कोकिलाबेन अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राती ३ बजेर १५ मिनेटमा उनले अन्तिम श्वास लिएकी थिइन् । रीमाले ‘हम आपके है कौन’, ‘हम साथ साथ है, जस्ता कयौँ फिल्ममा काम गरिसकेकी छिन् ।

हिन्दी बाहेक उनले मराठी फिल्ममा पनि काम गरिसकेकी रीमाले धेरै फिल्ममा अभिनेता सलमान खानकी आमा बनेर भूमिका निभाएकी छिन् ।


फिल्म मेने प्यार किया, आशिकी, साजन, हम आपके है कौन, वास्तव, कुछ कुछ होता है हम साथ साथ है जस्ता कयौँ फिल्ममा सलमानकी आमाको भूमिका निभाएकी छिन् ।

रीमा लागाे

विशेष