मनोरञ्जन

दिपिकाको गर्दनमा रहेको रनबीरको नामको ट्याटु मेटियो

दिपिकाको गर्दनमा रहेको रनबीरको नामको ट्याटु मेटियो

बलिउड अभिनेत्री दिपिका पादुकोणले पूर्व प्रेमी रनबीर कपूरको नामको ट्याटु हटाएकी छिन् । रनबीरसँग प्रेममा पर्दा हानिएको उक्त ट्याटुलाई लिएर दिपिका सधैँ विवादमा तानिन्थिन् ।

यतिबेला उनी कान्स फिल्म फेस्टिबलमा आफ्नो हलिउड डेब्युलाई लिएर चर्चामा छिन् । उनी यसबखत अर्को कुरालाई लिएर पनि चर्चामा छिन् । कारण, रनबीर कपूरको नामको ट्याटु । दिपिकाले हालै बंगलादेशको एक साबुनको विज्ञापन गरिन् । जहाँ उनको गर्दनमा भएको ट्याटु देखिएको छैन ।

उनको गर्दनमा खोपिएको ट्याटुमा अंग्रेजीमा आर.के लेखिएको थियो । अभिनेता रनबीर कपूरसँग अफेयरमा रहँदा दिपिकाले उक्त ट्याटु बनाएकी थिइन् । तर, फिल्म ‘अजब प्रेम की गजब कहानी’ को सुटिङको दौरान रनबीर आफ्ना कोस्टार कट्रिना कैफसँग नजिकिन थालेपछि दिपिका र रनबीरका सम्बन्धमा फाटो आको थियो ।

यतिबेला दिपिका अर्का अभिनेता रणभीर सिंहसँग प्रेमसम्बन्धमा छिन् भने रनबीर मागी विवाह गर्ने तयारीमा छन् ।

deepika padukone

विशेष