मनोरञ्जन

सञ्जय दत्तले सुधार केन्द्र स्थापना गर्ने, जान्नुहोस् उनीबारे जोडिएका लागूपदार्थ काण्ड

सञ्जय दत्तले सुधार केन्द्र स्थापना गर्ने, जान्नुहोस् उनीबारे जोडिएका लागूपदार्थ काण्ड

कुनै समय ड्रग्सको नशामा चुर हुने बलिउड अभिनेता सञ्जय दत्तले अब सुधार केन्द्र स्थापना गर्ने भएका छन् ।

लागूपार्थ सेवनको लतबाट छुटिन चाहने व्यक्तिहरुलाई उनी सहयोग गर्न चाहन्छन् । जुन परिस्थितीबाट आफू गुज्रिए अरुलाई त्यो परिस्थितीबाट गुज्रिन नपरोस् भन्ने आफ्नो चाहना भएको उनी बताउँछन् ।

उनले केही महिनाअघि यसबारेमा जनचेतना फैलाउने कार्यक्रम ल्याउन लागेको पनि बताएका थिए । कुनै समय आफूलाई पनि लागूपदार्थको लत लागेकोमा अहिले आफूलाई पछुतो लाग्ने गरेको उनी बताउँछन् ।

आफूले सुधार केन्द्रको स्थापना गर्नुको मुख्य उद्देश्य नै पैसाको कमीको कारण उपचार नपाउने व्यक्तिलाई उपचार दिलाउनु भएको उनले प्रष्ट पारेका छन् ।

उनले आफ्नो अनुभव साट्दै बताए, ‘जब मलाई नशाको लत लागेको थियो त्यसबाट छुटकारा पाउनको लागि म अमेरिका गएको थिएँ । त्यतिबेलामेरो उपचारमा धेरै रकम खर्च भएको थियो । तर, सबै मानिसहरु यसरी खर्च गर्न सक्दैनन् । त्यसैले म भारतमा एक यस्तो सुधार केन्द्र खोल्न चाहन्छु जहाँ मानिसहरुले सस्तोमा सेवा पाउन् ।’

सञ्जयले एक अन्तर्वातामा बताएका थिएकी उनले त्यसबेलादेखि लागुपदार्थ सेवन गर्न थालेका थिए जुनबेला उनकी आमा नर्गीसको क्यान्सरको उपचार चलिरहेको थियो ।

एक समय उनले एक किलो हेरोइन जुत्तामा राखेर विमानमा भ्रमण्म गरेका थिए । त्यो समय उनका दुबै बहिनी उनीसँगै फ्लाइटमा थिए । त्यतिबेला विमानस्थलमा त्यति कडा सुरक्षा हुँदैनथ्यो । तर, आज त्यो दिन सम्झेर उनलाई जिउ सिरिंग हुने गर्छ । लागू पदार्थ सेवन गर्ने समयम उनलाई परिवार लगायत कसैको चिन्ता लाग्दैनथ्यो ।

बलिउडमा फिल्मी करियर जमिरहेकै समयमा उनलाई लागूपदार्थ सेवनमा पहिलोपटक पाँच महिनाको जेल सजाय दिइएको थियो । त्यतिबेला उनका बाबु सुनिल दत्तले उनलाई मुश्किलले छुटाएका थिए । त्यहाँबाट छुटकारा पाउनका लागि सञ्जयले अमेरिकाको सुधार केन्द्रबाट विशेष उपचार लिएका थिए ।

एक समय उनी खुब कोकिन सेवन गर्ने भएका थिए । त्यो समय एक रात उनी दुब रक्सी पिएर घर आए । रक्सीको नशामा सुतेका उनी दुई दिन पछि मात्र ब्युजिएका थिए । ब्युजिएर खानको लागि काम गर्ने मान्छेलाई बोलाउँदा ती व्यक्तिले उनलाई दुई दिन पछि खाना खाँदै हुनुहुन्छ भनेर सम्झाएका थिए ।

त्यो कुरा सुनेर ऐनामा अनुहार हेरेका उनले आफू मर्न लागेको जस्तो देखेपछि सञ्जयले बाबुसँग नशाबाट छुटकारा पाउनको लागि सहयोग मागेका थिए ।

लागूपदार्थ सेवन गर्ने कारण खुलाउँदै सञ्जय भनेका छन्, ‘मैले लागूपदार्थ सेवन गर्न यसकारण सुरु गरेँ किनभने म युवतीहरुसँग बोल्न डराउथे । कसैले मलाई भन्यो की यदि मैले ड्रग्स सेवन गरेँ भने म युवतीहरुसँग् बोल्न सक्छु । त्यसपछि मैले ड्रग्स लिन सुरु गरें । म युवापुस्तालाई यही भन्न चाहन्छु की मैले ड्रग्सका कारण धेरै नोक्सान पुर्याए । तपाईंहरु यसबाट समयमै बच्नुहोला ।’

 

सञ्जय दत्त

विशेष