देश

रसुवामा ६ दलित महिला सदस्य पद रिक्त

रसुवामा ६ दलित महिला सदस्य पद रिक्त

रसुवा: स्थानीय तहको निर्वाचनअन्तर्गत् रसुवाको तीनओटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा ६ ओटा सदस्य पद रिक्त हुन पुगेको छ । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङकाअनुसार गोसाइँकुन्ड गाउँपालिकाको वडा नम्बर–१, २, ३ र ४ कालिका गाउँपालिकाको वडा नम्बर–१ तथा नौकुन्ड गाउँपालिकाको वडा नम्बर–२ मा दलित महिला सदस्य पदमा कुनैपनि उम्मेदवारी नपरेको कारण रिक्त रहेको हो ।

गोसाइँकुन्ड गाउँपालिकाको वडा नम्बर–१, २, ३ र ४ मा दलितबस्ती नै नभएको र नौकुन्ड तथा कालिका गाउँपालिकाको उक्त वडामा दलित वर्गको बस्ती भएपनि उम्मेदवार नै नउठेको बताइएको छ । रसुवाका पाँचओटा गाउँपालिकामा २७ ओटा वडा रहेको र यसमध्ये १४५ पदाधिकारी चयन हुनुपर्नेमा सम्पन्न स्थानीय तह निर्वाचनले १३९ पदाधिकारीमात्र चयन गरेको बताइएको छ ।

गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको परिणामबाट नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष दुई, वडाध्यक्ष ६ र वडासदस्य २१ पदमा विजयी प्राप्त गरेको छ भने नेकपा एमालेले दुई गाउँपालिका अध्यक्ष पाँच गाउँपालिका उपाध्यक्ष एवं १२ वडाध्यक्ष तथा ४८ वडा सदस्यमा विजयी प्राप्त गरेको छ । यसैगरी, माओवादी केन्द्रले तीन वडाध्यक्ष र १२ वडा सदस्य एवं नयाँ शक्ति नेपालले एक गाउँपालिका अध्यक्ष, ६ वडाध्यक्ष र २१ वडासदस्यमा विजय प्राप्त गरेको छ ।

पद रिक्त

विशेष