समाज

हारेपछि आरोप प्रत्यारोमा उत्रिए नुवाकोटे कांग्रेसी कार्यकर्ता

हारेपछि आरोप प्रत्यारोमा उत्रिए नुवाकोटे कांग्रेसी कार्यकर्ता

नुवाकोटः नुवाकोटको विदुर नगरपालिकाकामा कांग्रेसलाई हराउन कांग्रेसका कार्यकर्ता नै लागि परेको भन्ने समाचार गलत भएको भन्दै नेपाली कांग्रेसका राजु थापाले खण्डन गरेका छन् ।

'माओवादी केन्द्रका उम्मेदवारलाई काङ्ग्रेस पक्षधरले नै मत हालेका कारण नुवाकोटको सदरमुकाम विदुरमा मेयर पदका प्रत्याशी काङ्ग्रेस नेता ध्रुव अधिकारीलाई हराएर आफ्ना मामा गणेश पण्डितका सहयोगी एमाले उम्मेदवार सञ्जु पण्डितलाई जिताउने अभियानमा राजु थापासहितका ‘काङ्ग्रेसी’ लागेका र एमाले उम्मेदवारलाई सहयोग पु¥याएको' भन्दै विभिन्न संचार माध्यममा आएको समाचार गलत भएको थापाले विज्ञप्ती मार्फत जनाएका छन् । थापा मन्त्री अर्जुननरसिंह केसीका निकट एवम् विश्वासपात्र मानिन्छन् ।

यस्तै, सदरमुकामसँगैको लिखु गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार ध्रुव श्रेष्ठलाई हराउन विनोद पाठक, रामकुमार उप्रेती ‘ठुटे’, परशुराम अधिकारी, गणेशदास अमात्यलगायतले माओवादी केन्द्रका उम्मेदवार धर्मराज अधिकारीलाई साथ दिएको भन्ने समाचार गलत भएको भन्दै खण्डन गरेका हुन् । थापाले विज्ञप्ती निकाल्दै स्वतन्त्र पत्रकारीताको मर्म नबुझी चरित्र हत्या गर्न उक्त समाचार प्रकाशित गरेको भन्दै खण्डन गरेका छन् ।

विशेष