दंगलले चीनमा कमायो ५ सय करोड
जेठ ५ । भारतलगायत अन्य देशहरुमा पनि उत्कृष्ट कमाई गरेको फिल्म ‘दंगल’ ले चीनमा पनि अत्याधिक व्यापार गर्न सफल भएको छ ।
आमीर खान अभिनित फिल्म दंगलले चीनमा ५ सय करोडको व्यापार गर्न सफल भएको छ ।चीनमा कुनै भारतीय चलचित्रले ५ सय करोडको व्यापार गरेको यो पहिलो पटक हो ।
फिल्मले घरेलु बक्स अफिसमा पनि अत्याधिक कमाइ गरेको थियो । विश्वव्यापी रुपमा जम्मा गरेर अहिले ‘दंगल’ को कुल कमाइ १२५१.६८ करोड रहन गएको छ ।