मनोरञ्जन

रीमाको अन्त्येष्टिमा सलमान गायब ! यस्तो छ कारण

रीमाको अन्त्येष्टिमा सलमान गायब ! यस्तो छ कारण


जेठ ५ । बहिबार भारतकी चर्चित अभिनेत्री रीमा लागूको हृदयघातका कारण देहावसान भयो । उनको अन्तिम श्रद्धाञ्जलीमा भारतका कयौँ सेलिब्रेटिहरुको उपस्थिती रहँदा अनस्क्रिन छोरा सलमान खान भने देखिएनन् ।

फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङको क्रममा सलमान यतिबेला युएइमा छन् । त्यसकारण उनी अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । झण्डै सातवटा फिल्ममा सलमानकी आमाको भूमिका निभाएकी रीमाले एक अन्तर्वातामा बोल्दै सलमान आफ्नो मनपर्ने अनस्क्रिन छोरा भएको पनि बताएकी थिइन् ।

रीमाको काजकृयाको जिम्मा उनकी छोरी मृणमयी लागूले लिएकी छिन् । रीमालाई अन्तिम संस्कार दिन ऋषी कपू्र, काजोल, किरण कुमार,राकेश वेदी , राजा मुरादसहित कयौँ सेलिब्रेटिहरु पुगेका थिए ।

उनको ५९ वर्षका उमेरमा मुम्बईस्थित कोकिलाबोन अस्पतालमा हृदयघातका कारण मृत्यु भएको होे ।

Rima Lagoo

विशेष