मनोरञ्जन

१२ बच्चाका बाबु इकु !

१२ बच्चाका बाबु इकु !


जेठ ५ । नेपाली कलाकारिताको सानो पर्दाबाट आफ्नो पहिचान बनाएका कलाकार सुलेमान संकर अर्थात इकु १२ जना बच्चाहरुका बाबु हुन् ।

उनी ती बच्चाहरुका वास्तविक बाबु भने होइनन् । २ वर्षअघि गएको विनाशकारी भूकम्पमा राहत बाड हिँडेका इकुले २ पोका चाउचाउ बाँडेर मात्र उनले सन्तुष्टि पाएनन् । त्यहीबेला अनाथ बालबालिकालाई सहयोग गर्ने निर्णय गरे । भुकम्पमा आमाबाबु गुमाएका १२ बालबालिकाई उनले पालनपोषण गरिरहेका छन् ।

विभिन्न कार्यक्रममार्फत र साथीहरुको सहयोगमा इकुले ती बालबालीकाको हेरचाह गरिरहेका छन् । तीमध्ये उनले राम्रो पढ्नेलाई बोर्डिङ स्कुलमा पनि पढाएका छन् । दशैँसम्ममा उनले ती बच्चाहरुको लागि भवन निर्माण गर्ने विचार गरिरहेका छन् ।

केही समयदेखि कलाकारिताबाट झण्डै हराएका इकु अब फेरी नयाँ कार्यक्रम लिएर पर्दामा आउँदै छन् ।

विशेष