खेल

ला लिगाः उपाधिको नजिक रियल मड्रिड

ला लिगाः उपाधिको नजिक रियल मड्रिड

रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि जितको होडमा आफूलाई बलियो साबित गरेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा सेल्टा डी भिगोलाई ४–१ ले पराजित गर्दै मड्रिड शीर्ष स्थानमा उक्लिन सफल भएको छ । जितसँगै मड्रिडले बार्सिलोनासँगको अंक दूरी तीन पुर्याएको छ ।

मड्रिडको जितका लागि क्रिष्टियानो रोनाल्डोले २ तथा करिम बेन्जिमा र टोनी क्रसले एक–एक गोल गरे । खेलको ६२ औं मिनेटमा एस्पासले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित रहेको सेल्टाको लागि गुइडेट्टीले एक गोल फर्काए ।

रियल मड्रिड उपाधिबाट अब एक अंक मात्रै पछि छ । लिगको अन्तिम खेलमा बराबरी गरेपनि रियल मड्रिडले उपाधि जित्ने छ । पछिल्लो पटक रियलले सन् २०१२ मा उपाधि जितेको थियो ।

लिगका एक खेल बाँकी हुँदा शीर्ष स्थानको रियलको ९० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक छ ।

रियल मड्रिड

विशेष